‘आइएमई पे’मा कनेक्ट आइपीएस मार्फत बैंक लिङ्क गरी कारोबार गर्न सकिने « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

‘आइएमई पे’मा कनेक्ट आइपीएस मार्फत बैंक लिङ्क गरी कारोबार गर्न सकिने


१६ श्रावण २०८०, मंगलबार


काठमाडौँ । ‘आइएमई पे’ ले आफ्नो एपमा कनेक्ट आइपीएस मार्फत बैंक खाता लिङ्क गरी भुक्तानी गर्ने सुविधाको सुरुवात गरेको छ।

विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको यस सेवा मार्फत ग्राहकहरूले ‘आइएमई पे’ मा आफ्नो बैंक खाता सुरक्षित तवरले लिङ्क गरी राख्न सक्नेछन् । यसका लागि ग्राहकहरूले ‘आइएमई पे’ मा रहेको लिङ्क भाया कनेक्ट आइपीएस छनौट गरी आफ्नो बैंक खाता लिङ्क गर्नु पर्ने जनाइएको छ ।

यसरी लिङ्क भई सके पछि एपमा पैसा लोड गर्न तथा खाताबाट सोझै भुक्तानी सहज रूपमा गर्न सकिनेछ ।

‘आइएमई पे ले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यास-लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गर्ने साथै नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसारको अन्तरआबद्धमा पनि ठुलो टेवा पुर्‍याउने उद्देश्यका साथ यो सेवा ल्याइएको’, आइएमई डिजिटल सोलुसन लिमिटेड,’आइएमई पे’ का प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीको भनाई छ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ’आइएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली( २०७२ बमोजिम ’आइएमई डिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो। आइएमई पे मोबाइल वालेट मार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरूको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन्। यसले व्यक्ति-व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्युआर स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा समेत प्रदान गर्दै आइरहेको छ।

यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरूको पनि सुविधा उपलब्ध छ। आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकिङ सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ। २० लाखभन्दा बढी ग्राहकहरूलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरू मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ।

Tags :
प्रतिक्रिया दिनुहोस