निर्माण हुन बाँकी कानूनहरु यथाशीघ्र अगाडि बढाउन सचिवलाई प्रधानमन्त्रीको निर्देशन « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

निर्माण हुन बाँकी कानूनहरु यथाशीघ्र अगाडि बढाउन सचिवलाई प्रधानमन्त्रीको निर्देशन


१४ श्रावण २०८०, आइतबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण हुन बाँकी कानूनहरु यथाशीघ्र अगाडि बढाउन निर्देशन दिएका छन् । 

आइतबार मुख्य सचिवसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवहरूसँग भएको बैठकका उनले अघि बढेर पनि मन्त्रिपरिषद्का विषयगत समिति तथा मन्त्रालयहरूमा अल्झिएका कानुनहरुबारे चासो व्यक्त गरेका हुन् ।

यसअघि पनि उनले सार्वजनिक रूपमै कानुन निर्माणमा भइरहेको ढिलाइप्रति असन्तुष्टि पोखेका थिए ।

आइतबारको बैठकमा प्रधानमन्त्री दाहालले लम्पी स्किन तथा डेंगीलगायतका सङ्क्रामक रोगहरूको तत्काल रोकथाम तथा नियन्त्रण गर्ने गरी सम्बन्धित निकायसँग समन्वय गर्न पनि भनेका छन् ।

बैठकमा  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सेवा प्रवाह, राष्ट्रिय गौरवका एवम् ठूला आयोजनाहरूको अनुगमन तथा निरीक्षणको कामलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्रीले निर्देशन दिएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस