१६ जिल्लाका नदीहरूमा बहाब बढ्ने, केहीमा आकस्मिक बहाबको जोखिम « प्रशासन
Logo २५ भाद्र २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

१६ जिल्लाका नदीहरूमा बहाब बढ्ने, केहीमा आकस्मिक बहाबको जोखिम


१४ श्रावण २०८०, आइतबार


काठमाडौँ । आज (आइतवार) देशभरका १६ जिल्लाका स-साना नदीहरूमा बहाब बढ्ने सम्भावना छ । आज इलाम, झापा, पाँचथर, सिन्धुली, बारा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), लमजुङ, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ र आसपास भई बहने स-साना नदीहरूमा बहाब बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार यी जिल्लाका केही नदीमा आकस्मिक बहाबको जोखिम रहेकोले तटीय क्षेत्रमा सतर्कता अपनाउन आवश्यक छ ।

यस्तै आज ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, धनकुटा, उदयपुर, सुनसरी, मोरङ, पर्सा, सिरहा, सप्तरी, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रुपन्देही, कपिलवस्तु, पाल्पा, बाँके, बर्दिया, दाङ, रुकुम पूर्व, रोल्पा, कैलाली, अछाम, दार्चुला, बझाङ, बैतडी, डडेल्धुरा र आसपास भई बहने केही स-साना नदीमा समेत बहाब बढ्न सक्ने पूर्वानुमान छ । यी क्षेत्र भइ बहने साना नदी तटीय क्षेत्रहरूमा सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

आगामी ३ दिन देशका प्रमुख नदीहरूमा जलसतह सतर्कता तहभन्दा तल तर बढ्दो रहने पूर्वानुमान छ ।

Tags :
प्रतिक्रिया दिनुहोस