नेकपा एसका चारै तहका बैठक अनिश्चितकालका लागि स्थगित « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

नेकपा एसका चारै तहका बैठक अनिश्चितकालका लागि स्थगित


१३ श्रावण २०८०, शनिबार


नेकपा (एकीकृत समाजवादी)

काठमाडौँ ।  नेकपा एकीकृत समाजवादीले पूर्व निर्धारित बैठकहरू अनिश्चितकालका लागि  स्थगित गरेको छ । 

केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीलगायत सबै तहका बैठकहरू अनिश्चितकालका लागि स्थगित भएको सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनले भने ‘ तयारी नपुगेकाले साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ मा पोलिटब्युरो र साउन २० र २१ गतेका लागि बोलाइएको केन्द्रीय कमिटी तत्कालका लागि स्थगित भएको छ । ’ 

भोली बैठक बसेर अब कैले बैठक बस्ने भन्ने विषयमा निर्णय गर्ने उनको भनाई छ। अध्यक्ष माधव कुमार नेपाल स्वदेश फर्किए लगत्तै पूर्व निर्धारित बैठकहरू स्थगन भएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस