माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै


१३ श्रावण २०८०, शनिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक शनिबार (आज) बस्दै छ। बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास बालुवाटारमा बस्न लागेको हो।

केन्द्रीय समिति बैठक यही १७ साउन देखि सुरु हुँदैछ। केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्न आज पदाधिकारी बैठक बोलाइएको हो।

आजको बैठकले निर्धारण गर्ने एजेन्डालाई केही दिनमै बस्ने स्थायी समिति बैठकमा छलफल गरी अन्तिम रूप दिइने एक नेताले जानकारी दिए।

यसैगरी, बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस