गुरुङले पाए नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

गुरुङले पाए नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी


१२ श्रावण २०८०, शुक्रबार


काठमाडौँ । नेपाली सेनाको निमित्त प्रवक्ताको जिम्मेवारी महासेनानी अशोक गुरुङले सम्हाल्ने भएका छन्। 

हालका प्रवक्ता कृष्णप्रसाद भण्डारी कामविशेषले कार्यक्रममा सहभागी हुन विदेश गएकाले केही समयका लागि महासेनानी गुरुङले निमित्त प्रवक्ताका रूपमा आजदेखि कार्यभार सम्हाल्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। 

उपत्यका पृतनामा स्टाफका रूपमा कार्यरत महासेनानी गुरुङसँग यसअघि सैनिक जनसम्पर्क निर्देशनालयमा काम गरेको अनुभव छ।

Tags :
प्रतिक्रिया दिनुहोस