भोलिदेखि गाडी भाडा घट्ने « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

भोलिदेखि गाडी भाडा घट्ने


१० श्रावण २०८०, बुधबार


काठमाडौँ । बागमती प्रदेशले भोलि बिहीबारदेखि सार्वजनिक यातायातको भाडा घटाउने भएको छ । ११ जेठमा बागमती प्रदेशले भाडादर समायोजन गरेको थियो । नेपाल आयल निगमले १ साउनमा इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेपछि बागमती प्रदेशले फेरि गाडी भाडा समायोजन गर्न लागेको हो ।

मन्त्रालयको अनुसार बागमती प्रदेशमा चल्ने लामो रुटको सवारीमा २ दशमलव ३० प्रतिशत, मालवाहक सवारी साधन (ट्रक)मा ३ दशमलव १ प्रतिशत र सिटी बसहरूमा ३ दशमलव २६ प्रतिशतले भाडा घट्ने छ ।

काठमाडौँ उपत्यकामा ७ किलोमिटरसम्म चढ्ने बित्तिकै सार्वजनिक यातायात (ट्याक्सी बाहेक) ले १९ रुपैयाँ भाडा लिने गर्थ्यो । बिहीबारदेखि भने १ रुपैयाँ घटेर चढ्ने बित्तिकै १८ रुपैयाँ भाडा लाग्ने छ । यस्तै उपत्यकामा ५ देखि १० किलोमिटर दुरीको भाडा २५ रुपैयाँ थियो भने बिहीबारदेखि २४ रुपैयाँ कायम हुनेछ ।

नयाँ भाडा दर अनुसार काठमाडौँ-कुरिनटारसम्मको भाडा २ सय ८७ रुपैयाँ कायम हुनेछ । यसअघि २ सय ९४ रुपैयाँ थियो । यसै प्रकारले अन्य रुटहरूको पनि भाडा घट्ने मन्त्रालयले जनाएको छ ।

ट्याक्सी हकमा भने अघिल्लो भाडादर समायोजन मै घटेकोले अहिलेलाई भाडा नबढाइएको मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस