महानगरले भत्कायो विद्युत् प्राधिकरणको पर्खाल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

महानगरले भत्कायो विद्युत् प्राधिकरणको पर्खाल


८ श्रावण २०८०, सोमबार


काठमाडौँ। काठमाडौँ महानगरपालिकाले वडा नं १६ वनस्थलीमा विद्युत् प्राधिकरणको कार्यालयको पर्खाल भत्काएको छ ।

वडा नं १६ का वडाध्यक्ष मुकुन्द रिजाल आफैँ उपस्थित भएर प्राधिकरणको पर्खाल भत्काएका हुन् ।

नगर प्रहरीका अनुसार काठमाडौँ महानगरभित्र ७ फिट भन्दा अग्लो पर्खाल बनाउन नपाइने व्यवस्था छ । ५ फिट पर्खाल त्यसपछि तारबार बढीमा दुई फिटसम्म अग्लो बनाउन पाउने महानगरको मापदण्ड छ । सोही अनुसार वडा कार्यालयले पत्र पठाउँदा पनि प्राधिकरणको वनस्थली कार्यालयले बेवास्ता गरेपछि आज पर्खाल भत्काएको नगर प्रहरीको भनाई छ । 

Tags :
प्रतिक्रिया दिनुहोस