विधिको शासनद्वारा सुशासन कायम गरिनुपर्छ : रवि लामिछाने « प्रशासन
Logo १ बैशाख २०८१, शनिबार
   

विधिको शासनद्वारा सुशासन कायम गरिनुपर्छ : रवि लामिछाने


६ श्रावण २०८०, शनिबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली सेनाको सङ्ख्या घटाउन पर्छ भनेर आफूले कही कतै नबोलेको बताएका छन् ।

विराटनगर-११  पिचरास्थित पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले सेनाको सङ्ख्या घटाउनु पर्छ भनेर संसद तथा पार्टीका अन्य कार्यक्रममा  पार्टीको  सांसद तथा नेताले समेत बोलेका छैनन् भने । 

उनले विधिको शासनद्वारा राष्ट्र सञ्चालन भएमा सुशासन कायम हुनेमा पार्टी स्पष्ट छ भने। सभापति लामिछानेले प्रदेश संरचना सुधारका लागि दलहरुबीच सहमति जरुरी रहेको बताए । उनले  आफ्नो पार्टी आम समर्थक पार्टी भएको स्पष्ट पार्दै आगामी मङ्सिरदेखि पार्टीको अधिवेशन कार्य सुरु हुने जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस