ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु


५ श्रावण २०८०, शुक्रबार


काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको  रोराङ गाउँपालिका-३ मलेखुमा  ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

काठमाडौँबाट मुग्लिङतर्फ आउँदै गरेको ट्रक र  विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२/०३७ प ७७३१ नम्बरको मोटरसाइकल ओभरटेक गर्ने क्रममा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तु जैसवालले जानकारी दिए ।

डीएसपी जैसवालका अनुसार मोटरसाइकलको पछाडि सवार महिला घाइते भएकी छन् ।

घाइते महिलाको उपचारको लागि काठमाडौँको बी एण्ड बी अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस