काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०५ विन्दुले घटेको छ। यससँगै सूचक २१५४.०२ विन्दुमा अडिएको छ।
यस अवधिमा ५ लाख ७२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १४ कम्पनीको ८२८ कित्ता सेयर कारोबार भएको छ।
यस सेसनमा कुल २० पटक कारोबार भएको छ। ९ कम्पनीको मूल्य बढ्दा ४ वटाको भने मूल्य घटेको छ।
बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन।