प्रधानमन्त्री प्रचण्ड इटाली जाने « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री प्रचण्ड इटाली जाने


३ श्रावण २०८०, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटली जाने भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डको भ्रमण स्वीकृत गरेको छ ।

संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीमा आयोजना हुने ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधि मण्डल जान लागेको हुन् ।

प्रधानमन्त्री प्रचण्ड साउन ६ गते बेलुका इटली प्रस्थान गर्ने र एक हप्तापछि फर्किने बालुवाटार स्रोतले जनाएको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस