सार्वजनिक पद धारण गरेका व्यक्तिलाई सम्पत्ति विवरण बुझाउन सतर्कता केन्द्रको आग्रह « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सार्वजनिक पद धारण गरेका व्यक्तिलाई सम्पत्ति विवरण बुझाउन सतर्कता केन्द्रको आग्रह


२ श्रावण २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक पद धारण गरेका पदाधिकारी तथा कर्मचारीहरूलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ । केन्द्रले सोमबार सूचना जारी गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिहरूलाई आव २०७९/८० को सम्पत्ति विवरण बुझाउन आग्रह गरेको हो ।


सम्पत्ति विवरण २०८०/०५/२८ भित्र तोकिएको निकायमा प्राप्त हुने गरी बुझाउनु पर्ने छ । केन्द्रले निजामती, स्थायी शिक्षक, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी वल, नेपाल बाहेकका पदाधिकारी/कर्मचारीहरूको सम्पत्ति विवरण बुझाउन आग्रह गरेको हो ।


सार्वजनिक पद धारण गरेको व्यक्तिले तोकिएको समयभित्र सम्पत्ति विवरण नबुझाएमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (३) बमोजिम कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखि पठाउने केन्द्रले जारी गरेको सूचनामा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस