मिटरब्याजसम्बन्धी विधेयक आजै पारित गर्ने सहमति « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

मिटरब्याजसम्बन्धी विधेयक आजै पारित गर्ने सहमति


३१ असार २०८०, आइतबार


काठमाडौँ । प्रतिनिधि सभाबाट मिटरब्याजसम्बन्धी विधेयक आइतबार नै पारित हुने भएको छ । प्रतिनिधिसभा कार्यव्यवस्था समितिको आइतबारको बैठकमा मिटरब्याजसँग सम्बन्धी विधेयक पारित गर्ने विषयमा राजनीतिक दलका नेताहरूबीच सहमति भएको हो । 

प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक पदम गिरीका अनुसार मिटरब्याजसम्बन्धी विधेयकलाई पारित गर्ने र सांसदहरूले राखेका संशोधनबारे सहमति भएको हो । ‘सांसदहरूले राखेका संशोधनहरूलाई एकीकृत गरेर साझा दस्तावेज बनाएका छौँ । त्यसलाई संसद्बाट पारित गर्ने सहमति भएको छ,’ उनले भने ।

मिटरब्याजसम्बन्धि कानुनी व्यवस्था गर्नका लागि सरकारले अध्यादेश ल्याएको थियो । उक्त अध्यादेशलाई प्रतिस्थापन गर्नका लागि ल्याइएको विधेयक असार २० मा पारित गरिसक्नुपर्नेमा संसद् अवरोधका कारण उक्त दिन संसदले काम गर्न सकेको थिएन ।

प्रतिनिधि सभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ लाई पारित गरियोस् भन्ने प्रस्ताव गर्नेछन् । त्यसअघि संशोधनहरूमाथि दफावार छलफल सदनमा हुनेछ ।

प्रतिनिधिसभाको बैठक आइतबार १ बजे बोलाइएको थियो । कार्यव्यवस्था समितिको बैठकका कारण प्रतिनिधिसभा सुरु हुन ढिलाइ भएको छ ।

प्रतिनिधि सभा बैठकको आइतबारको दैनिक कार्यसूचीः

Tags :
प्रतिक्रिया दिनुहोस