एमसीसी कार्यान्वयनको लागि अमेरिकी विदेश मन्त्री लु को जोड « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

एमसीसी कार्यान्वयनको लागि अमेरिकी विदेश मन्त्री लु को जोड


३० असार २०८०, शनिबार


काठमाडौँ । नेपाल भ्रमणमा आएका अमेरिकाको दक्षिण एसिया मामिला हेर्ने सहायक विदेश मन्त्री डोनाल्ड लु ले एमसीसी कार्यान्वयनमा जोड दिएका छन् ।

हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, परराष्ट्र मन्त्री एनपी साउद लगायतसँग भेटवार्तामा उनले एमसीसी कार्यान्वयनमा जोड दिएका हुन् ।

अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन भएको साढे १६ महिनापछि आउँदो भदौ दोस्रो हप्तादेखि कार्यान्वयनको तयारीमा रहेको छ । एमसीसी परियोजना कार्यान्वयनमा जाने पूर्वसन्ध्यामा सहायक मन्त्री लु नेपाल आएका हुन। यसअघि एमसीसी संसदबाट अनुमोदन हुनुअघि २०७८ मंसिरमा पनि लु नेपाल आएका थिए। त्यही वर्षको फागुन १५ गते एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको थियो ।

लुसँगको भेटमा सत्तारुढ शीर्ष नेताहरुले एमसीसी परियोजना छिट्टै कार्यान्वयनमा जाने आवश्वासन दिएका छन् । एमसीए नेपालका अनुसार एमसीसी परियोजनामा अहिलेसम्म दुई अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । सम्भाव्यता अध्ययन, डिटेल डिजाइन, वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए), उपकरण तथा गाडी खरिद, कर्मचारीको तलब र कार्यालय व्यवस्थापनलगायतमा रकम खर्चिएको एमसीए नेपालले जनाएको छ

Tags :
प्रतिक्रिया दिनुहोस