Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

देशभर ५३ प्रतिशत रोपाइँ सम्पन्न


२९ असार २०८०, शुक्रबार


काठमाडौँ । देशभर धान खेती हुने क्षेत्रफलमध्ये ५३ प्रतिशत खेतमा रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । कृषि विभागबाट प्रदेशसँगको समन्वयमा तयार पारिएको तथ्यांकअनुसार असार २९ गतेसम्म ५३ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको मन्त्रालयको भनाइ छ । 

मन्त्रालयका अनुसार गत वर्ष यसै अवधिमा ६५ प्रतिशत रोपाइँ भएको थियो । गत वर्षको तुलनामा यो पटक १२ प्रतिशत विन्दु कम रोपाइँ भएको हो । देशभर पर्याप्त वर्षा नहुँदा र खेत जोत्ने गोरुमा लम्पी स्किन रोगको प्रकोपका कारण रोपाइँ प्रभावित भएको मन्त्रालयले जनाएको छ ।

‘विशेषगरी मधेस प्रदेश, कोशी प्रदेश र वाग्मती प्रदेशमा मनसुन सुरु हुन ढिलो भएका कारण रोपाइँमा कमी देखिएको हो’ मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले भने ‘कर्णाली र सुदूरपश्चिम प्रदेशमा विशेषगरी गोरुमा लम्पी स्किन रोगको महामारीका कारण गोरुको अभाव भई रोपाइँ केही प्रभावित भएको रिपोर्टिङ भएको छ ।’ बिस्तारै मनसुन सक्रिय भइरहँदा रोपाइँको क्षेत्रफल बढ्दै जाने मन्त्रालयको भनाइ छ । यस पटक रासायनिक मल पनि पर्याप्त रहेको मन्त्रालयको दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस