चितवनको दासढुंगामा बस दुर्घटना, १९ जना घाइते « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

चितवनको दासढुंगामा बस दुर्घटना, १९ जना घाइते


२९ असार २०८०, शुक्रबार


चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा बस दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन् । सडकखण्डको भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा बागमती प्रदेश०१–००६ख ५२३७ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो ।

काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको बस आज बिहान ५:२० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । बस अनियन्त्रित भई सडकबाट १० मिटर तल खसी रुखमा अड्किएको छ । बसमा ४० यात्रु सवार थिए ।

घाइतेमध्ये १० जनाको पुरानो मेडिकल कलेजमा, आठ जनाको भरतपुर अस्पतालमा र एक जनालाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस