अमेरिकी सहायक विदेशमन्त्री लु आज नेपाल आउँदै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अमेरिकी सहायक विदेशमन्त्री लु आज नेपाल आउँदै


२९ असार २०८०, शुक्रबार


काठमाडौँ । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज(शुक्रबार)नेपाल आउने भएका छन्।

एक दिने भ्रमणका लागि नेपाल आउन लागेका सहायक विदेश मन्त्री लुले काठमाडौँमा केही महत्त्वपूर्ण राजनीतिक भेटघाट गर्ने छन्।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सहायक विदेश मन्त्री लुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर उनकी पत्नी सीता दाहालको निधनमा समवेदना व्यक्त गर्ने कार्यक्रम छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

यस्तै सहायक विदेशमन्त्री डोनाल्डले परराष्ट्रमन्त्री एनपी साउदसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थाका प्रतिनिधिसँग पनि भेट गर्ने जनाइएको छ ।

उनले यसअघि पनि दुई पटक नेपालको भ्रमण गरिसकेका छन् । उनी नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)पारितको चरणमा रहेको अवस्थामा अमेरिकाबाट तारन्तार भएका भ्रमणको क्रममा नेपाल आइपुगेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस