सीताको निधन भारतीय सञ्चार माध्यमको प्राथमिकतामा  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सीताको निधन भारतीय सञ्चार माध्यमको प्राथमिकतामा 


२७ असार २०८०, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनलाई भारतीय सञ्चार माध्यमले प्राथमिकता साथ छापेका छन् । 

आज बिहान ६९ वर्षको उमेरमा सीताको निधन भएको विषयलाई अधिकांश भारतीय अनलाइनले प्राथमिकताका साथ छापेका हुन् । द हिन्दुको अनलाइन संस्करणले, नेपाल प्राइम मिनिस्टर प्रचण्ड वाईफ सीता पास अवे शीर्षकमा समाचार छापेको छ । त्यस्तै इन्डिया टिभी, जी विजनेश, इन्डिया टुडे, न्युज एटिन, आउटलुक, जागरण, हिन्दुस्तान टाइम्स, द टेलिग्राफ इन्डिया, एएनआईलगायतका सञ्चारमाध्यमको अनलाइन संस्करणमा प्रचण्ड पत्नी सीताको फोटोसहितको समाचार छापेका छन् । 

अधिकासंले सिताको पार्किन्सन जस्तो देखिने दुर्लभ मष्तिक रोगबाट निधन भएको उल्लेख गरेका छन् । त्यस्तै प्रधानमन्त्री प्रचण्डले वितेको १० वर्षमा परिवारका महत्त्वपूर्ण तीन सदस्य गुमाएको कुरालाई हाइलाइट गरेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस