कांग्रेस केन्द्रीय समिति बैठक स्थगित « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित


२७ असार २०८०, बुधबार


काठमाडौँ । नेपाली कांग्रेसको आज बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधनपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको हो ।

अब केन्द्रीय समितिको बैठक साउन २ गतेदेखि बस्ने भएको छ ।

प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको ६९ वर्षको उमेरमा आज बिहान नर्भिक अस्पतालमा निधन भएको छ ।

दाहालको बुधबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस