कांग्रेस सभापति देउवाले बोलाए शीर्ष नेताहरुको बैठक « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

कांग्रेस सभापति देउवाले बोलाए शीर्ष नेताहरुको बैठक


२७ असार २०८०, बुधबार


deuba

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरूको बैठक बोलाएका छन् ।

आज केन्द्रीय समिति बैठक बस्नुअघि बिहान ९ बजे धुमबाराहिस्थित निवासमा शीर्ष नेताहरूको बैठक बोलाएका हुन् ।

शीर्ष नेताहरूको बैठकमा केन्द्रीय समिति बैठकका एजेण्डाबारे छलफल हुने छ । कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले शीर्ष नेताहरूको बैठकले केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्ने जानकारी दिए ।

कांग्रेसको विधान अनुसार केन्द्रीय समिति बैठक हरेक दुई–दुई महिनामा बस्नुपर्ने भए पनि झण्डै एक वर्षपछि बैठक बस्न लागेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस