बालेनलाई वारिस राख्ने सुविधा दिन सर्वोच्चद्वारा अस्वीकार « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

बालेनलाई वारिस राख्ने सुविधा दिन सर्वोच्चद्वारा अस्वीकार


२६ असार २०८०, मंगलबार


काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)लाई वारेसको सुविधा दिन अस्वीकार गरेको छ ।

अदालतको अवहेलना गरेको आरोप खेपिरहेका साहले मुद्दाको तारिख खेप्नका लागि वारेसको सुविधा मागेर सर्वोच्च अदालतमा निवेदन दिएकोमा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र हरि फूयालको इजलासले ‘मागबमोजिम नहुने’ भनी आदेश गरेको हो ।

उक्त आदेशपछि मेयर शाह हरेक पटक आफैँ अदालतमा उपस्थित भएर मुद्दाको तारिख लिनुपर्नेछ भने सुनुवाइका दिन अदालतमा अनिवार्य उपस्थित हुनुपर्नेछ । वारिस राख्ने सुविधा पाएको भए उनले मन्जुरीनामा दिएको व्यक्तिले पनि तारिख लिन सक्थ्यो ।

भारतीय सिनेमा चलाउन दिन रोक लगाएकोबारे परेको एक मुद्दामा उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । त्यसबारे मेयर साहले अदालत समेत भारतको प्रभावमा परेर आदेश गरेको सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए ।

उक्त टिप्पणीमाथि प्रश्न उठाउँदै अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा साहमाथि अदालतको अवहेलनाको आरोपमा उजुरी दिएसँगै सर्वोच्चले मेयर साहलाई यसबारे जवाफ पठाउन आदेश दिइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस