न्यायमा सबैको पहुँच पुग्ने गरी अदालतमा सुधार हुँदैछ : प्रधानन्यायाधीश « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

न्यायमा सबैको पहुँच पुग्ने गरी अदालतमा सुधार हुँदैछ : प्रधानन्यायाधीश


२५ असार २०८०, सोमबार


काठमाडौँ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्याय सम्पादन कार्य छिटो, छरितो र सरल बनाउने बताएका छन्।

सदरमुकाम गाईघाटस्थित उदयपुर जिल्ला अदालतको नवनिर्मित भवनको सोमबार उद्घाटन गर्दै कार्कीले सो कुरा बताएका हुन्।

प्रधानन्यायाधीश कार्कीले नेपालको न्यायपालिका धेरै महँगो भयो भन्ने जनगुनासो आइरहेको बताउँदै त्यस्ता गुनासा सम्बोधन गर्न आफू सर्वोच्चको नेतृत्वमा आएसँगै योजना बनाएर लागिरहेको बताए।

अदालतको सुधारका लागि आफू कामु प्रधानन्यायाधीश भएर नेतृत्व सम्हालेदेखि नै योजना बनाएर अभियानमा लागेको भन्दै कार्कीले केही समयपछि नै नतिजा देखिन थाल्ने बताए। उनले न्यायपालिकामा दस्तुरभन्दा सेवामा झन्झट र ढिलासुस्ती भएकाले सेवाग्राहीको खर्च बढेको भन्दै त्यसको सुधार गर्न संवेदनशील भएर लाग्दै आएको बताए।

उनका अनुसार समय बदलिए पनि कतिपय मुद्दाका दस्तुर दुई दशक अघिकै जस्तो रहेको बताउँदै कार्कीले सरकारी दस्तुर महँगो भन्दा पनि न्याय सम्पादन ढिलासुस्ती हुनुले सेवाग्राही मार्कामा परेको बुझिएको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस