प्रतिपक्षीहरूले राजीनामा मागेकोमा प्रधानमन्त्री जनाए असन्तुष्टि « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रतिपक्षीहरूले राजीनामा मागेकोमा प्रधानमन्त्री जनाए असन्तुष्टि


२५ असार २०८०, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्षीहरूले राजीनामा मागेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । आफ्नो अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरूको हर्कत संसदीय अभ्यास र मान्यता विपरीत रहेको उनले बताए ।

आज सोमवार संसदमा आफ्नो अभिव्यक्तिमाथि उठेका प्रश्नको विषयमा जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो असन्तुष्टि राखेका हुन् । उनले पहिलेदेखि नै आफूले यो विषयमा स्पष्टीकरण दिन खोज्दा नपाएको बताए । उनले आफ्नो राजीनामा माग्ने हक प्रतिपक्षी दलहरूसँग भए पनि तीन दिन संसद् अवरुद्ध गर्नु जायज नभएको बताए ।

प्रधानमन्त्री प्रचण्डले केही दिनअघि एक पुस्तक विमोचनमा दिएको अभिव्यक्तिको विरोध गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सदन अवरुद्ध गर्दै आएको थियो । आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने भन्नु भएपछि बैठक सुरु गर्न दिने एमालेले जनाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस