Logo २५ कार्तिक २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

बैतडीमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, घाइते ३८ मध्य ६ को अवस्था गम्भीर


२५ असार २०८०, सोमबार


कैलाली । बैतडीको मेलौलीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन् । घाइते मध्ये ६ जनाको अवस्था अवस्था गम्भीर रहेको प्रमुख जिल्ला अधिकारी सुरेस पन्थीले जानकारी दिए ।

उनका अनुसार ३१ जनालाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका-६ का उमेश भण्डारी रहेका छन् ।

दुर्घटनामा ३९ जना घाइते भएका थिए । प्रजिअ पन्थीका अनुसार घाइते भण्डारीको उपचारका क्रममा मृत्यु भएको हो ।

पञ्चेश्वर गाउँपालिका-३ कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको लु २ ख २०११ नम्बरको बस मेलौली नगरपालिका-७ स्वाखानीमा दुर्घटना भएको हो ।

घटना स्थलमा इलाका प्रहरी कार्यालय पाटनका निरीक्षक कमलप्रसाद चौधरीको कमान्डमा टोली खटिएको छ । प्रजीअसहितको टोली पनि घटनास्थल पुग्नै लागेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस