राष्ट्रिय झण्डा ओढाएर गायक तामाङलाई अन्तिम श्रद्धाञ्जली « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रिय झण्डा ओढाएर गायक तामाङलाई अन्तिम श्रद्धाञ्जली


२४ असार २०८०, आइतबार


काठमाडौँ । दिवङ्गत गायक तथा अभिनेता रविन तामाङप्रति मन्त्री, नेता, शुभेच्छुक र कलाकर्मीले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

नेपाल सङ्गीत तथा नाट्य एकेडेमीमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको उनको पार्थिव शरीरमासंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय झण्डा ओढाए । उपस्थित अन्य कलाकर्मीहरूले फूलमाया चढाएर तामाङप्रति श्रद्धासुमन व्यक्त गरे ।

कार्यक्रममा मन्त्री किराँतीले मन्त्री किराँतीले स्रष्टाहरूको निधनपछि श्रद्धाञ्जलीका लागि राख्ने व्यवस्थित ठाउँ पनि नभएको भन्दै आफ्नै कार्यकालमा व्यवस्थित भवन बनाउने बताए ।

कार्यक्रममा सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कलाक्षेत्रले उज्ज्वल नक्षत्र गुमाएको बताउँदै सरकारको तर्फबाट श्रद्धाञ्जली व्यक्त गरिन् ।

काँग्रेस महामन्त्री गगन थापाले तामाङ समकालीन पुस्ताको चर्चित गायक भएको भन्दै उनलाई गुमाउनुपर्दा दुःखी भएको बताए ।

गायक तामाङको सम्मानमा उनका दुई चर्चित गीतहरू केटाकेटी र गुलाबको गाएर ट्रिब्यूट गरिएको थियो । श्रद्धाञ्जली दिन फ्यान र कलाकर्मी बिहानैदेखि नक्सालस्थित एकेडेमीको परिसरमा पुगेका थिए । सङ्गीतकार सङ्घ र एकेडेमीको आयोजनामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको सङ्गीतकार चेतन सापकोटाले जानकारी दिए ।

रविन तामाङको पार्थिव शरीरलाई आजै शोभा भगवतीमा अन्तिम संस्कार गर्ने तयारी छ ।

गत मङ्गलवार तामाङ बुढानीलकण्ठस्थित निवासमा मृत भेटिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस