लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको आकलन, सतर्कता अपनाउन आग्रह « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको आकलन, सतर्कता अपनाउन आग्रह


२४ असार २०८०, आइतबार


काठमाडौँ । आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको आकलन गरिएको छ।

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञानले बताइरहेको छ ।

बाढी पूर्वानुमान महाशाखाले आइतबार कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूमा जलसतह बढ्ने प्रक्षेपण छ।

सतर्कता तहभन्दा तलै रहने भए पनि जलसतह बढ्दो हुने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाइराख्न उसले नियमित बुलेटिनमार्फत आग्रह गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस