आज यी प्रदेशमा भारी वर्षाको सम्भावना « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना


२३ असार २०८०, शनिबार


काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। आज(शनिबार)सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ।

त्यस्तै आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस