२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समायोजनमा जान नेपाल प्रहरी तयार 

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले समायोजनमा जान नेपाल प्रहरी तयार रहेको जिकिर गरेका छन् ।

नेपाल प्रहरीको कार्ययोजना २०८० र ३ महिनाको उपलब्धी सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै आईजीपी कुँवरले भने, ‘प्रहरी समायोजनको विषय ५ महिनाभित्र सक्ने गरी सरकारको नीति तथा कार्यक्रममा पनि आएकाले यो विषय प्रहरीको उच्च प्राथमिकतामा छ ।’

प्रहरी समायोजनमा जाँदा केन्द्रको शक्ति खुम्चिने भएकाले यसलाई अघि नबढाइएको आरोप प्रदेशका मन्त्रीहरूले लगाइरहेका छन् । शुक्रबारै गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि समायोजनको काम आफ्नै पालामा सक्ने बताएका छन् ।

तर, समायोजनमा जान प्रहरी नेतृत्व नै अनिच्छुक रहेको भन्दै प्रश्न उठेको थियो । त्यसक्रममा आईजीपी कुँवरले भने, ‘नेपाल प्रहरीले गर्ने भनेको राज्यको निर्देशनको कार्यान्वयन हो, प्रदेशबाट पनि यस विषयमा प्रेसर परेको छ । सम्भवतः यो काम तोकिएको समयमा पूरा हुन्छ भन्नेमा सचेत छौँ ।’ त्यसका लागि प्रहरी प्रधान कार्यालयले आफ्नो तयारी समेत गरिरहेको उनले बताए ।