समायोजनमा जान नेपाल प्रहरी तयार  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

समायोजनमा जान नेपाल प्रहरी तयार 


२२ असार २०८०, शुक्रबार


काठमाडौँ । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले समायोजनमा जान नेपाल प्रहरी तयार रहेको जिकिर गरेका छन् ।

नेपाल प्रहरीको कार्ययोजना २०८० र ३ महिनाको उपलब्धी सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै आईजीपी कुँवरले भने, ‘प्रहरी समायोजनको विषय ५ महिनाभित्र सक्ने गरी सरकारको नीति तथा कार्यक्रममा पनि आएकाले यो विषय प्रहरीको उच्च प्राथमिकतामा छ ।’

प्रहरी समायोजनमा जाँदा केन्द्रको शक्ति खुम्चिने भएकाले यसलाई अघि नबढाइएको आरोप प्रदेशका मन्त्रीहरूले लगाइरहेका छन् । शुक्रबारै गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि समायोजनको काम आफ्नै पालामा सक्ने बताएका छन् ।

तर, समायोजनमा जान प्रहरी नेतृत्व नै अनिच्छुक रहेको भन्दै प्रश्न उठेको थियो । त्यसक्रममा आईजीपी कुँवरले भने, ‘नेपाल प्रहरीले गर्ने भनेको राज्यको निर्देशनको कार्यान्वयन हो, प्रदेशबाट पनि यस विषयमा प्रेसर परेको छ । सम्भवतः यो काम तोकिएको समयमा पूरा हुन्छ भन्नेमा सचेत छौँ ।’ त्यसका लागि प्रहरी प्रधान कार्यालयले आफ्नो तयारी समेत गरिरहेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस