एडिबीबाट थप ४० अर्ब ऋण लिने सरकारको निर्णय « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

एडिबीबाट थप ४० अर्ब ऋण लिने सरकारको निर्णय


२१ असार २०८०, बिहिबार


काठमाडौँ । एसियाली विकास बैंक (एडिबी) बाट नेपाल सरकारले झण्डै ४० अर्ब रुपैयाँ (३ करोड अमेरिकी डलर) सहुलियतपूर्ण ऋण लिने भएको छ ।

१९ असारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले सार्वजनिक गरेको निर्णयमा यसबारे उल्लेख छ ।

यसअघि पनि एडीबीले राजमार्ग सुधारका लागि यस्तो ऋण सहायता दिँदै आएको छ ।

शर्माका अनुसार सासेक राजमार्ग सुधार आयोजना सञ्चालन गर्न एसियाली विकास बैंकबाट परियोजना सहायताका रूपमा ३ सय मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।

दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक)आयोजना अन्तर्गत नारायणघाट–बुटवल सडक खण्डमा बिस्तारको काम भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस