काँग्रेसका थापाद्वारा कोशीको मुख्यमन्त्रीमा दाबी पेश « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

काँग्रेसका थापाद्वारा कोशीको मुख्यमन्त्रीमा दाबी पेश


२१ असार २०८०, बिहिबार


काठमाडौँ । कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली काँग्रेसका उद्धव थापाले दाबी पेश गरेका छन्।

काँग्रेस कोशी प्रदेशका संसदीय दलका नेता थापाले बिहीबार अपराह्न प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी गरेका हुन्।

केन्द्रको सत्तारूढ गठबन्धनमा पनि प्रदेश सभाका रहेका दलहरूले सभामुख बाबुराम गौतमको पनि नाम समावेश गरेर बहुमत दाबी गरेका हुन्।

प्रदेश प्रमुख खापुङले दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्न बिहीबार साँझ पाँच बजेसम्मको समय दिएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस