काठमाडौँ महानगरको नगरसभा स्थगित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

काठमाडौँ महानगरको नगरसभा स्थगित


२१ असार २०८०, बिहिबार


काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पास गर्न बोलाइएको काठमाडौँ महानगरपालिकाको नगरसभा स्थगित भएको छ ।

१० असारमा उपमेयर सुनिता डङ्गोलले २५ अर्ब ५४ करोड रुपैयाँको बजेट पेश गरेकी थिइन् ।

वडाको योजना छनोटका लागि समय चाहिएकाले नगरसभा बैठक स्थगित गरिएको बताइएको छ । 

अर्को बैठक २६ गते राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस