तलब नपाएको भन्दै पेन डाउन गरी त्रिचन्द्रका प्राध्यापकहरू आन्दोलनमा « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

तलब नपाएको भन्दै पेन डाउन गरी त्रिचन्द्रका प्राध्यापकहरू आन्दोलनमा


२१ असार २०८०, बिहिबार


काठमाडौँ । त्रिचन्द्र क्याम्पसका प्राध्यापक र कर्मचारी आन्दोलित भएका छन्।

एक वर्षदेखि पूरा तलब नपाएको विरोधमा क्याम्पसका प्राध्यापक र कर्मचारीले आज बिहानदेखि पेन डाउन गरेका हुन्।

विश्वविद्यालय प्राध्यापक सङ्घ, त्रिचन्द्र क्याम्पस इकाइ समितिले आज बिहानदेखि आफूहरू पेन डाउन गरी आन्दोलनमा उत्रिएको जनाएको छ ।

सरकारले आर्थिक वर्ष ०७९/०८० को सुरुआतदेखि नै लागू हुने गरी प्राध्यापक र कर्मचारीहरूको तलब बढाएको तर आर्थिक वर्षको अन्त्य हुनै लाग्दासमेत बढेको तलब नपाएपछि पेन डाउन गर्न बाध्य भएको समितिको भनाई छ ।

समितिका अनुसार त्रिचन्द्रमा झन्डै तीन सय जना पूर्णकालीन र डेढ सय आंशिक प्राध्यापक छन्। उनीहरूसँगै झन्डै सय जना कर्मचारीहरूले एक वर्षदेखि पूरा पारिश्रमिक पाएका छैनन्।

यसबारेमा क्याम्पस प्रशासनसँग लगातार छलफल भएपनि सुनुवाइ नभएपछि पेन डाउन गर्न बाध्य भएको समितिको दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस