आईएमई लाइफ इन्स्योरेन्सको प्रिमियम आईपीओ बिक्री खुला « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

आईएमई लाइफ इन्स्योरेन्सको प्रिमियम आईपीओ बिक्री खुला


२१ असार २०८०, बिहिबार


काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्सको आजबाट प्रिमियम मूल्यमा आईपीओ खुला भएको छ ।

यो कम्पनीले वैदेशिक रोजगारीमा रहेकालाई असार १ गतेदेखि आईपीओ बिक्री गरिसकेको छ ।

कम्पनीले आफ्नो जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने कुल १ अर्ब २० करोड रुपैयाँ बराबरको आईपीओ बिक्रीमा ल्याएको हो । कम्पनीले प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १ करोड २० लाख कित्ता आईपीओ बिक्री गर्दैछ ।

यसमध्ये १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्कासन भइसकेको छ । त्यस्तै, ६ लाख कित्ता सेयर कर्मचारी र ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।

सर्वसाधारणले बाँकी रहेको ९६ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । सर्वसाधारण लगानीकर्ताले यसमा असार २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस