लुइस एनरिके पीएसजीको मुख्य प्रशिक्षक नियुक्त « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

लुइस एनरिके पीएसजीको मुख्य प्रशिक्षक नियुक्त


२१ असार २०८०, बिहिबार


काठमाडौँ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लुइस एनरिकेलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

फ्रान्सेली क्लबले स्पेन र बार्सिलोनाका पूर्व प्रशिक्षक एनरिकेलाई नयाँ प्रशिक्षकको रूपमा नियुक्त गरेको हो ।

एनरिकेले पीएसजीका क्रिस्टिोफ गाल्टियरलाई प्रतिस्थापन गर्नेछन् । फ्रेन्च लिग वानको उपाधि जिते पनि पीएसजीले एक सिजनपछि नै गाल्टियरलाई बर्खास्त गरेको थियो ।

उनले पीएसजीसँग सन् २०२५ सम्मका लागि सम्झौता गरेका छन् । उनले सन् २०२२ को विश्वकपमा अन्तिम १६ को खेलमा मोनाकोसँग पेनाल्टी सुट आउटमा पराजित भएपछि प्रशिक्षकको भूमिकाबाट राजीनामा दिएका थिए ।

५२ वर्षका प्रशिक्षकले चार वर्ष राष्ट्रिय टिमको जिम्मेवारीमा रहे । उनले दुई पटक स्पेनलाई युरोपको सेमिफाइनल सम्म पुर्‍याए । उनले त्यसअघि बार्सिलोना सहित रोमा, सेल्टामा काम गरेका थिए ।

पीएसजीले पछिल्ला पाँच वर्षमा तीन प्रशिक्षक फेरेको छ । क्लबले गत सिजन कीर्तिमानी ११ औं पटक लिग उपाधि जितेको थियो । तर च्याम्पियन्स लिगको अन्तिम १६ को खेलमा बायर्न म्युनिखसँग पराजित बनेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस