रास्वपाले प्रधानमन्त्रीको राजीनामा मागेको छैन : मनिष झा « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

रास्वपाले प्रधानमन्त्रीको राजीनामा मागेको छैन : मनिष झा


२० असार २०८०, बुधबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले आफूहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा नमागेको बताएका छन्।

बुधबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद झाले आफूहरूले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)सँग लागेर प्रधानमन्त्री दाहालको राजीनामा नमागेको बताएका हुन्।

उनले प्रधानमन्त्री दाहालको अभिव्यक्ति संसद्, लोकतन्त्र र निर्वाचन प्रक्रियालाई अवहेलना गर्ने गरी आएको भन्दै यसप्रति रास्वपाको प्रश्नहरू रहेको र सोही प्रश्नका लागि संसद बैठकमा उठेको स्पष्ट पारे।

उनले आफूहरूलाई प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आशङ्का रहेको भन्दै सोही विषयमा स्पष्ट हुन चाहेको उल्लेख गरे।

उनले भने, ‘हामीले प्रधानमन्त्रीको राजीनामा मागिरहेका छैनौँ। केही कुराहरूमा हाम्रो आशङ्का छ, आक्रोश छ, त्यो कुरालाई प्रधानमन्त्रीले आएर स्पष्ट पारिदिनुपर्छ।’

Tags :
प्रतिक्रिया दिनुहोस