इन्स्पेक्टर बोहराले पाए सफाइ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

इन्स्पेक्टर बोहराले पाए सफाइ


२० असार २०८०, बुधबार


काठमाडौँ । विशेष अदालतले इलाका प्रहरी कार्यालय बिपीनगर डोटीका प्रहरी निरीक्षक नृपबहादुर बोहरालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ । 

विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले बुधबार यस्तो फैसला गरेको हो । 

तीन वर्षअघि अवैध रूपले काठ लैजान लाग्दा इन्स्पेक्टर बोहरालाई स्थानीयले काठसहित पक्राउ गरेका थिए । रातिको समयमा ट्याक्टरमा काठ लोड गर्दै गर्दा देखेपछि स्थानीयले इन्स्पेक्टर बोहरा र केदार सामुदायिक वन उपभोक्ता समिति डोटीका अध्यक्ष चक्रबहादुर साउदलाई काठसहित नियन्त्रणमा लिएका थिए । 

त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ असार २०७७ मा दुवैजनाविरुद्ध सरकारलाई हानीनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको थियो । दुवै जनामाथि जनही ६१ हजार २० रुपैयाँ बिगो मागदाबी गरिएको थियो । 

यस मुद्दामा तीन वर्षपछि विशेषले फैसला दिएको हो । जसमा इन्स्पेक्टर बोहरा र वन उपभोक्ता समिति अध्यक्ष साउद दुवैले सफाई पाएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस