२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिपी शान्ति नगरवनमा संरक्षणको काम सुरु

अ+ अ-

चितवन । भरतपुर महानगरपालिका–३ मा रहेको बिपी शान्ति नगरवन संरक्षणको काम सुरु गरिएको छ । विगत लामो समयदेखि संरक्षणको पर्खाइमा रहेको यस नगरवनमा अहिले बिपीको सालिक नयाँ राख्ने काम, टायल बिछ्याउने, कम्पाउन्डिङ गर्नेलगायतका काम भइरहेका हुन् ।

महानगरपालिकाको रु ३५ लाखको बजेटमा संरक्षणको काम भइरहेको महानगरका उपप्रमुख चित्रसेन अधिकारीले जानकारी दिए । उनका अनुसार विसं २०३५ सालमा नारायणी बगरको रूपमा रहेको सो क्षेत्रको एक सय १२ बिघा अहिले नगरवनको रूपमा रहेको छ । यहाँ रहेको बिपीको ढलोटको अर्धकदको मूर्ति फुटेसँगै सोही स्थानमा नयाँ सालिक निर्माण गरी पुनः राख्ने काम गरिएको छ । त्यहाँ रहेको वनभोजस्थल व्यवस्थापन, पालेघर व्यवस्थापनलगायतका काम तीव्ररूपमा गरिएको उनले बताए ।

तत्कालीन समयमा नगरपञ्चायतले वृक्षरोपण गरेर स्थापना गरेको नगरवनलाई अहिले संरक्षणका लागि काम गरिएको हो । नगर वन क्षेत्र पछिल्लो सयम पर्यटकीयस्थलका रूपमा विकास हुँदै गएकाले यसलाई व्यवस्थित गर्दै पर्यटन प्रवर्द्धनमा जोड्नका लागि संरक्षणका काम गरिएको उनले बताए ।

अधिकारीका अनुसार वडा नं ३ ले रघुनाथ तिमिल्सिनाको अध्यक्षतामा उपभोक्ता समिति गठन गरी यहाँको संरक्षण र संवर्द्धनका लागि काम गरिरहेको छ । तत्कालीन समयमा भरतपुर नगरपालिका–४ हुँदा विभिन्न समिति निर्माण गरी संरक्षणको काम गरिएको भए पनि पछिल्ला वर्षहरूमा संरक्षणको पर्खाइमा नगरवन क्षेत्र रहेको थियो । वन्यजन्तुको समेत बासस्थान रहेको उक्त क्षेत्रको संरक्षण र प्रवर्द्धन गर्न सके आन्तरिक तथा बाह्य पर्यटकसमेत आउने उनले बताए ।

भरतपुर भ्रमण वर्ष सन् २०२४ लाई सफल बनाउन नगर वनले सहयोग गर्ने अधिकारीले बताए । नगरवनको संरक्षणका लागि बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि रु १८ लाख बजेट विनियोजन गरेको छ । स्थानीय सरकार र प्रदेश सरकारको सहयोगमा नगरवन संरक्षणको काममा अघि बढेको अधिकारीले बताए ।