महानगरद्वारा बजार अनुगमन सुरु, कफी पसललाई १० हजार जरिवाना « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

महानगरद्वारा बजार अनुगमन सुरु, कफी पसललाई १० हजार जरिवाना


१९ असार २०८०, मंगलबार


काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । खाद्यान्न लक्षित अनुगमन बढाउने उद्देश्यसहित मंगलरबारदेखि सुरु गरिएको बजार अनुगमनमा एक पसल कारबाहीमा परेको छ ।

महानगरका अनुसार मङ्गलवार गरिएको बजार अनुगमनमा हिमालयन कफी पसल कारबाहीमा परेको हो ।

महानगरले बत्तिस पुतलीमा रहेको हिमालयन कफी हाउसको अनुगमन गरेको थियो । अनुगमन क्रममा कफी सपमा उपभोग्य मिति नभएको केकजन्य वस्तु बरामद भएको महानगरपालिकाले जनाएको छ ।

उत्पादन र उपभोग्य म्याद नभएको उक्त वस्तु जफत गर्दै महानगरले कफी पसललाई १० हजार रुपैयाँ जरिवाना गरेको छ । यस्तै, पसलमा सरसफाइ राख्न र गुणस्तरीय वस्तु मात्रै बिक्री वितरण गर्न महानगरले पसललाई सचेत गराएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस