बेपत्ता र सत्य निरूपण तथा मेलमिलाप आयोगको समयावधि पुस मसान्तसम्म थप्ने निर्णय  « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

बेपत्ता र सत्य निरूपण तथा मेलमिलाप आयोगको समयावधि पुस मसान्तसम्म थप्ने निर्णय 


१९ असार २०८०, मंगलबार


काठमाडौँ । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको समयावधि पुस मसान्त थप्ने निर्णय गरेको छ ।

मङ्गलवार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

“बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यावधि संवत् २०८० पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने निर्णय भयो,” शर्माले भनिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस