पहिरोका कारण बागलुङ-कुश्मीशेरा सडक अवरुद्ध « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

पहिरोका कारण बागलुङ-कुश्मीशेरा सडक अवरुद्ध


१९ असार २०८०, मंगलबार


काठमाडौँ । सोमबार रातिदेखि सुरु भएको वर्षाका कारण आएको बाढी र पहिरोले बागलुङ–कुश्मीशेरा सडक अवरुद्ध भएको छ ।

बागलुङ नगरपालिका–१० भकुण्डेको दव्ल्याङमा पहिरो खस्दा जिल्लाको दक्षिण क्षेत्र जोड्ने बागलुङ–कुश्मीशेरा सडक बन्द भएको हो ।

पहिरोका कारण सवारी सडक अवरुद्ध हुँदा सदरमुकाम बागलुङ बजारबाट बागलुङ नगरपालिकाको बलेवा क्षेत्र, जैमिनी नगरपालिका र बरेङ गाउँपालिका जाने स्थानीयहरू समस्यामा परेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस