पुँजीगत खर्च कम हुनुमा सार्वजनिक खरिद ऐन बाधक : चिरीबाबु महर्जन « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

पुँजीगत खर्च कम हुनुमा सार्वजनिक खरिद ऐन बाधक : चिरीबाबु महर्जन


१८ असार २०८०, सोमबार


काठमाडौँ । ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले सार्वजनिक खरिद ऐनका कारण सडकसहितका अन्य सबै पूर्वाधारमा समस्या भएको बताएका छन्।

सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भूमिका विषयक अन्तरक्रियामा महानगर प्रमुख महर्जनले २.८ किलोमिटर बाटो कालोपत्र हुन सात वर्ष लागेको बताए। उनले भने, ‘सार्वजनिक खरिद ऐनअन्तर्गत काम गर्दा कम बोलकबोल कर्तालाई काम दिनुपर्ने लगायतका कारणले न काम समयमा सकिन्छ, न त गुणस्तर नै कायम हुन्छ।’

सार्वजनिक खरिद ऐनका कारण देशमा पूँजीगत खर्च आशातीत रूपमा हुन नसकेको उनको भनाई थियो। महानगरले सुशासन र सेवा प्रवाहमा नयाँ र नौलो काम गर्दै आएका उनले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस