कक्षा ११ मा छात्रवृत्ति पाउने विद्यार्थी काठमाडौँ महानगर आफैँले छनोट गर्ने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कक्षा ११ मा छात्रवृत्ति पाउने विद्यार्थी काठमाडौँ महानगर आफैँले छनोट गर्ने


१७ असार २०८०, आइतबार


काठमाडौँ। काठमाडौँ महानगरपालिकाले निजी विद्यालयले उपलब्ध गराउने कक्षा ११ को छात्रवृत्तिका लागि आफैँ परीक्षा सञ्चालन गर्ने भएको छ । 

शैक्षिक सत्र २०८०/०८१ देखि महानगरले आफैँ परी सञ्चालन गरेर सामुदायिक विद्यालयमा अध्ययन गरेको, जेहेन्दार, पिछडिएको क्षेत्र, जनजाति, आदिवासी, गरिबसहितलाई छनोटका आधार छात्रवृत्ति उपलब्ध गराउन लागेको हो ।

विद्यार्थीहरूले योग्यताक्रमका आधारमा छात्रवृत्ति पाउने छन् ।

काठमाडौँ महानगरका मेयर बालेन साहले महानगरपालिका शिक्षा ऐन, २०७५ तथा शिक्षा नियमावली, २०७४ मा व्यवस्था भएबमोजिम छात्रवृत्तिका लागि परीक्षामार्फत विद्यार्थी छनोट गर्न लागिएको जानकारी दिएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस