कोशीमा नयाँ सरकार गठनको आह्वान « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कोशीमा नयाँ सरकार गठनको आह्वान


१७ असार २०८०, आइतबार


काठमाडौँ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले ५ दिन समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका छन् ।

उनले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मिलीजुली सरकार गठनका लागि आह्वान गरेका हुन् ।

अब दलहरूले २१ असारसम्म प्रदेशसभाका बहुमत सदस्यको समर्थनमा मुख्यमन्त्री प्रस्ताव गर्नुपर्नेछ । शुक्रबार एमाले नेता हिक्मतकुमार कार्की प्रदेशसभाबाट विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए ।

विज्ञप्ति :

Tags :
प्रतिक्रिया दिनुहोस