हिरासतबाट थुनुवा भागेपछि दुई प्रहरी निलम्बित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

हिरासतबाट थुनुवा भागेपछि दुई प्रहरी निलम्बित


१७ असार २०८०, आइतबार


काठमाडौँ । जिल्ला प्रहरी कार्यालय बर्दियाले ३ जना प्रहरीलाई कारबाही गरेको छ। 

इलाका प्रहरी कार्यालय ढोढरीको हिरासतबाट २ जना थुनुवा भागेपछि आइतबार ३ जनालाई कारबाही गरेको एसपी सुधीरराज शाहीले जानकारी दिए। शुक्रबार बिहान सवा ६ बजे ढोढरीको हिरासतबाट दुई जना थुनुवा फरार भएका थिए। 

त्यस घटनामा प्रहरीको कमजोरी देखिएपछि २ जवानलाई कारबाही स्वरूप निलम्बन गरेको उनले बताए। यस्तै ड्युटी अफिसरको रूपमा रहेका प्रहरी सहायक निरीक्षकलाई पनि निलम्बन गर्न लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा सिफारिस गरेको उनले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस