सङ्गठन निर्माण र विस्तार अभियान चलाउँदै नेसपा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सङ्गठन निर्माण र विस्तार अभियान चलाउँदै नेसपा


१७ असार २०८०, आइतबार


काठमाडौँ । नेपाल समाजवादी पार्टीले सङ्गठन निर्माण र विस्तार अभियान सञ्चालन गर्ने भएको छ । गत १३ असारमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

त्यसका लागि असारदेखि पुससम्मको समय तोकिएको छ भने अध्यक्ष बाबुराम भट्टराईको संयोजकत्वमा केन्द्रीय अभियान परिचालन मूल समिति र सचिवालय निर्माण भएको छ ।

सचिवालयको संयोजकमा अध्यक्ष बाबुराम भट्टराई रहने तथा विशेष उपस्थिति अध्यक्ष महेन्द्र राय यादव र अभियानका सदस्यहरू गङ्गा श्रेष्ठ, हिसिला यमी, दुर्गा सोव, रमेश यादव, ईश्वर रिजाल, सिर्जना रिजाल, सोनामसिंह स्याङतान, विश्वदीप पाण्डे र हरि रिजाल सचिवालय समिति सदस्य रहने बताइएको छ । यो समितिले सङ्गठन निर्माण र विस्तार सम्बन्धी अभियानको सम्पूर्ण निर्णय र योजना गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस