वित्तीय साक्षरता बढाउन आवश्यक : विराजभक्त श्रेष्ठ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

वित्तीय साक्षरता बढाउन आवश्यक : विराजभक्त श्रेष्ठ


१७ असार २०८०, आइतबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले जनस्तरमा वित्तीय साक्षरता बढाउनुपर्ने बताएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले वित्तीय साक्षरता बढाउनुपर्नेमा जोड दिए। राजनीतिक दलका नेता र प्रहरीकै संरक्षणमा मिटरब्याज चलिरहेको उल्लेख गर्दै उनले कारबाहीले मात्र परिवर्तन नहुने भएले वित्तीय साक्षरता बढाउनुपर्ने बताए।

‘स्थापित राजनीतिक दलकै नेताहरूको संरक्षणमा मिटरब्याज चलिरहेको भन्ने छ । म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । प्रहरीको उच्च पदस्थ कर्मचारीहरुकै संलग्नता छ भन्ने बजारमा सुन्छौँ । यसको लागि वित्तीय शिक्षामा हामीले सुधार गर्नुपर्छ जस्तो लाग्छ । वित्तीय साक्षरता बढाउनुपर्छ जस्तो लाग्छ । वित्तीय पहुँचको जनचेतना पनि आवश्यक छ,’ श्रेष्ठले भने।

सांसद श्रेष्ठले उत्पादनमा आधारित सहज कर्जा प्रवर्धनका लागि नीति ल्याउनुपर्नेमा जोड दिए। उनले भने, ‘कारबाही मात्र समाजलाई सुधार्ने सूचकाङ्क होइन । उत्पादनमा आधारित सहज कर्जा प्रवर्धन गर्न पनि हामीले नीति ल्याउन सक्नुपर्छ।’

Tags :
प्रतिक्रिया दिनुहोस