सरकारमा जाने जनमतको तयारी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सरकारमा जाने जनमतको तयारी


१७ असार २०८०, आइतबार


काठमाडौँ । जनमत पार्टी सरकारमा जान सकारात्मक देखिएको छ । जनमतले राखेका सर्तहरूप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सकारात्मक देखिएपछि सरकारमा जाने तयारी गरेको छ ।

प्रधानमन्त्री प्रचण्डलाई बिहान भेटेर जनमत पार्टीका अध्यक्ष सीके राउतले तीन शर्त राखेका थिए । बजेट, मधेस प्रदेशमा बिना विभागीय बनाइएका आफ्ना दुई मन्त्री र संघमा मन्त्रीका विषयमा अध्यक्ष राउतले प्रधानमन्त्रीसँग छलफल गरेका थिए ।

जनमत पार्टीका एक नेताका अनुसार प्रधानमन्त्री सकारात्मक देखिएकाले सरकारमा जाने सम्भावना बढेको छ ।

श्रोतका अनुसार आज आइतबार ४ बजे बस्ने सत्ता पक्षीय दलको बैठकले जनमतलाई सरकारमा ल्याउनेबारे निर्णय लिन सक्ने छ । प्रधानमन्त्री प्रचण्ड माओवादी केन्द्रबाट मन्त्री भएका मध्येबाट एकलाई फिर्ता बोलाएर जनमतलाई सरकारमा भित्र्याउने तयारीमा रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस