दलित भन्ने थाहा पाएपछि घरबाट निकाल्ने घरबेटी पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

दलित भन्ने थाहा पाएपछि घरबाट निकाल्ने घरबेटी पक्राउ


१६ असार २०८०, शनिबार


काठमाडौँ । दाङमा एक घरबेटीले दलित भएको भन्दै घरबाट निकालेपछि ती घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घरबेटी घोराही उपमहानगरपालिका-१७ दाङका ताराप्रसाद पोखरेललाई आज पक्राउ गरी अनुसन्धान थालिएको छ ।

पोखरेलको घरमा बसिरहेका पञ्चदेवल नपा-७ पुल्तोला अछाम हाल घोराही-१७ मा बस्दै आएका महेन्द्र विक र अदानचुली गापा-३ हुम्लाका अङ्गराज नेपालीलाई घर निकाला गरेको प्रहरीले जनाएको छ ।

सोही घरमा परियारसंग तीन जना एउटा कोठामा बस्थे भने महेन्द्रको परिवार अर्को कोठामा बस्थे । शुक्रबार साँझ नै घरबेटीले त्यस्तो व्यवहार गरेको प्रहरीले बताएको छ । प्रहरीले जातीय छुवाछूतअन्तर्गत मुद्दा दर्ता गरी कारबाही गर्ने तयारी गरेको छ । घटना बाहिर आएपछि प्रेस सेन्टर दाङ, दलित पत्रकार सङ्घ दाङलगायत विभिन्न सङ्घसंस्थाले विज्ञप्ति जारी गरी विरोध जनाएका छन् । साथै दोषीमाथि कारबाहीको माग गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस