निष्पक्ष रूपमा जिम्मेवार भएर काम गर्न प्रहरी महानिरीक्षकको निर्देशन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

निष्पक्ष रूपमा जिम्मेवार भएर काम गर्न प्रहरी महानिरीक्षकको निर्देशन


१६ असार २०८०, शनिबार


काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले प्रहरी सेवाको निष्ठा र मर्यादालाई मनन गरी बद्लिँदो परिवेश तथा चुनौतीलाई सामना गर्न आफ्नो जिम्मेवारी र उत्तरदायित्वप्रति कटिबद्ध भई निष्पक्ष रूपमा नागरिक सेवामा लाग्नुपर्ने बताएका छन् । 

नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनमा कार्यरत प्रहरी कर्मचारीहरू लगायत सम्पूर्ण प्रशिक्षकहरूलाई शनिबार निर्देशन दिँदै प्रहरी महानिरीक्षक कुँवरले प्रहरी कर्मचारीहरूमा निहित सिप र अनुभव तथा जिम्मेवारीलाई गुणस्तरीय रूपमा सम्पादन गर्दा नै सङ्गठनको श्रीवृद्धि हुने बताएका हुन् ।

कुँवरले भने, ‘व्यावसायिक स्वार्थका लागि निष्ठा, दृढता र सकारात्मक सोचका साथ अगाडि बढ्नु पर्ने आजको आवश्यकता र नागरिक चाहना पनि हो ।’ 

नेपाल प्रहरीका प्रशिक्षण प्रदायक संस्थाहरूले नव आगन्तुकहरूलाई असल र व्यावसायिक संस्कार र दृष्टिकोण प्रदान गर्नका लागि हरेक कमान्डर सबै भन्दा पहिले आफै नमुनाको रूपमा प्रस्तुत हुनुपर्नेमा उनले जोड दिए । आन्तरिक शुद्धीकरणमा शून्य सहनशीलताको नीतिलाई अङ्गीकार गर्दै जनमुखी र व्यावसायिक दक्षता हासिल गर्नेतर्फ सबै प्रहरी कर्मचारीहरू अग्रसर हुनुपर्ने उनले उल्लेख गरे । 

Tags :
प्रतिक्रिया दिनुहोस